बिध्याको निलो तृष्णा र म



बिद्या बहिनिलाई मैले चिनेको झन्डै चार पाँच बर्षा भयो यसको मतलब मैले उहाका रचनाहरु पढेको पनि त्यती नै भयो । ददी सापकोटा ज्यु को नेपाल प्लस मा बिध्या बहिनिका मिठा मिठा कथा हरु आईरहन्थे म यिनी कथा हरु सँग रमाउने गर्थे । कहिले काही बहिनी सँग हाइ हेलो अनलाइन मा भए पनि वास्तविक जिबन मा भने भेट्न् पाएको छैन । मलाई त्यती साहित्य का आकार प्रकार त थाहा छैन तर कुनै पनि गीत हरु गजल हरु कथाहरु पढ्दा मन पर्‍यो भने कमेन्ट गर्ने गर्छु केही आफ्ना मनका भावना हरु लाई टिपोट गर्ने गर्छु आफ्नै मन्को खुशीका लागि होला शायद । त्यसै गरी आज पनि बिध्या बहिनी को मुल्यवान कृति निलो तृष्णा पढेपछी केही मनका तरङ पोस्ट गर्न आँट आईरहेको छ् यो मेरो ब्लग मा ।

बुक रिलिजका फोटाहरु फेसबुकमा नदेखिन्जेल सम्मा मैले थाहा पाएको पनि थिएन यस्की लेखिका बहिनी बिध्या हुन भनेर शायद यस्तो कुरो यहाँ उल्लेख गर्दा अचम्म नमान्नुहोला किनकी मेरो बानी प्रया किताब पढ्ने सिनेमा हेर्ने तर त्यसभित्र का काल्पनिक पात्रहरु लाई सम्झिने अनी ति पात्रहरुलाई निर्माण गर्ने रियल पात्रहरुलाई बिर्सिदिने । यो भन्दा ठुलो अन्याय के हुन सक्छ र आदरणिय श्रस्टाहरुलाई त्यसैले क्षमा माग्दछु म । बहिनी को बुक रिलिजका तस्बिरहरु फेसबुका मा छरपस्ट भएपछी मेरो मन लाग्यो यो पुस्तक को खोजिमा । बहिनी लाई तत्कालाई ईमेल गरौ कि जस्तो पनि लाग्यो तर गरिन । एक्दिन पाण्डुलिपी बाट किनौ कि जस्तो पनि लाग्यो तर किताब हात मा हुनु जस्तो मजा मलाई कत्ती नि लाग्दैन ईबुकमा पढेर फेरी तेसै बिते २ चार दिन हरु । एकदिन फेरी बहिनिले फेसबुकमा लेख्नु भएको रहेछ निलो तृष्णा अस्ट्रेलिया पुग्यो भनेर अनी मैले नि तेसैमा कमेन्ट ठोकिदीय दुबइ मा कता पाईन्छ भनेर । उहाले मलाई अर्का श्रस्टा आदरणिय समदर्सी ज्यु को नम्बर दिनुभयो अनी बल्ल मेरो भेट भो यो निलो तृष्णा सँग मेरो मनको तृष्णा मेटिदिनलाई ।


समदर्सी ज्यु बाट निलो तृष्णा हात पार्दै  




सामदर्सी ज्यु को नम्बर पाएसी भने म लागे उतै, मन मा यस्तो भाईरहेको थियो कि कतिबेला भेटौ बिद्या बहिनी लाई यानेकी बहिनिको श्रीजनालाई । म निकै आतुर थिए तर प्रदेसको जागिर समयको तालमेल मिलाउदा दुई दिन पछी हात पारे मैले अनी लागे सर्सर्ती पढ्न ।

शब्द हरु मिठास बहिनी जस्तै सरल अनी अब्बल छन कल्पनाहरु । समाजमा यि र यस्तै घटना हरु अजिबित छन जस्लाई जिबित बनाउदै सम्पूर्ण सामाजिक प्राणिलाई सचेतना जगाउने बिद्या बहिनी को प्र्यास निकै सर्हानिय छ् । जब बिध्याहरु यसरी नै कथा बनेर समाजमा देखा पर्ने गर्छन् तब तृष्णाहरु सिरिफ तृष्णा हुँदैनन सन्जिवनि बनिदिन्छन म जस्ता पाठहरु को लागि । मैले यो कृति को समिक्षा गर्न खोजेको चाँही हैन र म यस्को लायक पनि छैन तर पनि कृति पढेपछी आफ्नो धारणा पोखन आम पाठकलाई छुट हुने फाईदा लिदै आफ्नो धर्म निभाउने कोशीस गरेको छु यहाँ ।

निस्कर्ष को निस्कर्ष साँच्चै महान छ् ।

" त्यसपछी नहुन पो त्यो बिछोड थेगिसक्नुको भारी भएको रहेछ, मुछ्दै गरेको भात थप् नुनिलो भयो एक थोपा आशु जो मिसियो "
" सम्बन्ध असफल हुनुको अर्थ प्रेम नै नहुनु भन्ने हुँदैन"

बहिनी का यि स्रिजन्सिल शब्दहरुले मेरो मन छोयो निस्कर्षमा र पत्रको जस्तै निस्कर्ष हुनु पर्छ प्रेम मा भन्ने मन्यता मैले पनि बोकेको छु । निकै मजा आयो पढिरहदा मलाई ।

"धब्बा" र श्वासनी मान्छेमा लेखिकाले त्यती न्याय नगरेकी जस्तो पनि लाग्यो । अविवाहित महिला लाई श्वासनीमान्छे भनिएको छ् त्यो शायद हाम्रो समाज मा हुँदैन होला । यो मेरो पाठक धारणा हो जस्लाई अन्यथा नलिनु होला ।

कथा साँछिकै कथा नै हो कतै घटेका यथार्थ त कतै कल्पना गरिएका । लक्ष्मी प्रसाद देबकोटा का जस्तै काब्य र कबिता हरु हुनुपर्छ भन्ने हैन गोठालेका जस्तै उपन्यास हरु निस्कनु पर्छ भन्ने हैन, गोपाल प्रसाद कै जस्ता कथाहरु लेखिनु पर्छ भन्ने हैन र म जस्ता पाठकहरु ले त्यस्ता अपेक्षा गर्नु पनि हुँदैन किनकी अब्स्य १० बर्षाको सामाजिक परिबेस् र १० बर्षा पछीको सामाजिक अब्स्था निकै नै परिवर्तन छ् । यसमा लेखिकाले पाठहरुलाई स्वाद चखाउन सफल भएकी छिन् भन्ने मैले अनुभब गरे ।

अफिसमै समय निकालेर पढ्दैछु बिध्याको निलो तृष्णा

"तत्काल आँफैप्रती दयाभाब उर्लेर आउथ्यो, छि अरुलाई च्यात्दै चुडाल्दै आफुलाई सिउनु पर्ने यस्तो पनि जिबन हुन्छ ??" - समर्थन

यस्मा मेरो पनि समर्थन रहयो तर मुक्ती बन्धन लाई अली बुझिन मैले यो मेरै कमजोरी हो शायद । रङ असिर्बाद, सौता, निलो तृष्णा मलाई निकै मन परेका कथा हरु हुन ।

" जती भुल्न खोज्यो त्यती सम्झिने चिज रहेछ क्यारे दु:ख" : रङ आशिर्बादको

जहाँ जसरी नि रमाउनु पर्छ हाँसेर बाँच्नउपर्छ भन्ने उसको सिदान्त थियो । सधैं उत्साहको कुरा गर्थी उ । सफलताको सपना देख्थी, हरेक कुरालाई सकारात्मक् रुपले हेर्ने लोभ लाग्दो आँखा र मन थियो उँ सँग - निलो तृष्णा

समग्र मा निलो तृष्णा निकै राम्रो र पठनिय छ् । बहिनी को उल्लेखनिय प्र्यास को म साह्रै तारिफ गर्न चाहन्छु । मन मा उब्जिएका भावनाहरुलाई कलम तिखार्नु भएको छ् म एउटा पाठकको नाताले हार्दिक बधाई दिन चाहन्छु साथै कलम बोकेर यात्रामा निस्कियका बहिनिका पदचापहरु मा कही कतै ठेस नलागोस आसिर्बाद छ यो प्रदेसी दाजु को ।

आदरणिय समस्त साहित्य प्रेमी साथी हरु यहाँहरु ले यदी निलो तृष्णा पाउनु भएको छैन भने खोजी खोजी पढ्नुहोला । हाम्रो सानो प्र्यस ले पनि सर्जक हरुलाई अगाडि बढ्ने हौसला मिल्ने गर्छ । अहिले त संचार को जमना छ् हर देसमा पुर्याउन सजिलो पनि छ् साथै पान्डुलिपी ले संसार को कुनै कुना बाट पनि किनेर पढ्ने ब्यब्स्था गरेको ले अझै सजिलो भएको अनुमान म गर्छु ।

अन्तमा बहिनी बिद्या लाई हार्दिक धन्यवाद दिन चाहन्छु यो पुस्तक उपलब्ध गराइदिनु भएको मा साथै आगामी सफलताको शुभकामना । आदरानीय साहित्यकार समदर्जी ज्यु लाई पनि हार्दिक धन्यवाद मलाई यो पुस्तक दिलाउन हजुर को अंमुल्य समय खर्च गरिदिनु भएको मा । जदौ

निलो तृष्णा लाई सफलताको हार्दिक शुभकामना


No comments: