गजल

Monday, October 28, 2013



नउन्नु माला हे मेरी दिदी



















नउन्नु माला हे मेरी दिदी भाई आउन पाउदैन 
यसपाली पनि तीन धर्के टिका लाउन पाउदैन 

पिढीको डिलमा बसेर फेरी नहेर्नु प्रदेसीलाई  
दौतरी सँग देउसी र भैलो गाउन पाउदैन 

आँगनको डिलमा मखमली फुल हाँसेर जिस्काउला 
लिंगे पिङमा मच्चिने रहर सजाउन पाउदैन 

सोलीमा बोकी दिदिले ल्याएका सेल रोटी खाएर 
भैलेनी टोली बोलाई घरमा नचाउन पाउदैन 

प्रदेसी जिबन साहुको खटन घर आउन पाउदैन 
यसपाली पनि मखमली माला लाउन पाउदैन 









किन फेरी झर्कियौ .....???

बिर्सियौ कि झुक्कियौ मै तिर फर्कियौ 
हाइ ! मात्रै भनेको थिए किन फेरी झर्कियौ .... 
बाँकी 




कस्ती लजालु रैछे मोरी छोपाएरै गई ब्यर्थै
मेरो मन पानी पानिमा चोपाएर गई ।

 लालगाले राम्री धपक्क बोलेको जवानी अएया !
 कटक्कै मदहोस् कोपाएर गई ।

असिना पसिना बग्दै मेरो मन
स्वाँ स्वाँ फ्वाँ फ्वाँ
बाठी रैछे नक्कली त !
 नाक पो जोगाएर गई ।।

सक्नु पिलाए खुवाउनु खुवाए भएको बैश् मेरो कस्ती ?
नकचरी मोरी अझै भोकाएर गई ।

कस्ती लजालु रैछे मोरी छोपाएरै गई ब्यर्थै
मेरो मन पानी पानिमा चोपाएर गई
कस्ती लजालु रैछे मोरी छोपाएरै गई ब्यर्थै ।