तस्बिरहरु

अक्टोबर २८, २०१३ 




प्रकाश भाई 













======================================================





अक्टोबर १४,२०१३ 

नेपाली दसैं बिदेसी भुमिमा 

२०१३ को दसैं दुबइ मा मेरी बुढी राजकुमारी 

राज एन्ड म Dashain 2013

मेरो धड्कन 

==================================

ओक्टोबर ०८, २०१३ 

हामी आँफै नगरे कस्ले गर्छ हौ ज्यामरुकेहरु ???

        उत्तर फर्कियो धौलागिरी हिमाल मुस्काइरहेको हुन्छ, पश्चिम हेर्यो कि माछ्छापुछ्रेको सिर टल्किरहेको हुन्छ तल बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम काली र म्याग्दीको दोभान, वा मेरो ज्यामरुककोट, सिरैमा बसेको खड्गभवानीको मन्दिर । यहाँवाट धौलागिरी,निलगिरी,माछापुच्छे, गुर्जा, अन्नपूर्ण लगाएत एकदर्जन हिमश्रृङ्खला, म्याग्दी,मुस्ताङ,वागलुङ,पाल्पा, स्याङजा,तनहू, लगाएतका जिल्लाका करिव ३५ भन्दा वढि गाउँहरु देख्न सकिने, यो ठाउँमा वाइसे चौविसे राजाको पालामा तत्कालिन भर्तिवम मल्लले राज्य गरेको पर्वत राज्य हो भन्ने किम्बदन्ती छ । 

नब दुर्गा पूजाको लागि तयारी गर्दै 



तर बिडम्बना यस्तो एतिहासिक महत्व बोकेको ठाउँ आज आफ्नैहरु बाट उपेक्षित बनिरहेको छ ज्यामरुककोट । बडा मुस्किल ले बर्षा मा २ पटक चैते दसैं र बडा दसैंमा पूजा गरिनु बाहेक अरु बेला मा न त कोट समितिले सोच्न सकेको छ यसको संरक्षण मा न यहाँ का स्थानिय बुद्दिजिबी हरुले । दु:ख को साथ भन्नु पर्दा म पनि यही केही सोच्न नसक्ने र गर्न नसक्ने बर्ग मा उभिएर टुलुटुलु हेरिरहेको छु यो ढल्दै गएको हराउदै गएको खड्गभवानी को मन्दिर लाई । बिगतमा मन्दिर संरक्षण समिती बने पनि बिभिन्न राजनैतीक ब्यक्तिहरु को ब्यक्तिगत सोच ले न कोश मा कुनै रकम संकलन गर्न सकिएको छ न कसैले प्रयास नै गरेका छन । गाउमा क्लब हरुले सामान्य कार्यक्रम गर्दा त लाखौं रकम संकलित भईरहेको ग्लोबल को जमना मा तपाईं हामी ज्यामरुकेहरुले किन यता पट्टी सोच्न भ्याएका छैनौ यो आँफैमा लाज मर्दो कुरा भएको अनुभुती भाईरहेको छ मलाई । 

आज बिहानै बेनी अनलाइन मा ज्यामरुक कोट का बुद्दिजिबी, पत्रकार तथा यही मन्दिर मा नबरात्री पूजा सन्चालित गरिरहेका आदरणिय मित्र धुर्बसागर शर्मा ज्युको लेख पढ्दा मेरो आसु आयो ( लेख पढ्न यहाँ क्लिक गर्नुहोस्) साँचिक्कै गहिरिएर सोच्ने हो भने बिगत देखी बर्तमान सम्मा यस् मन्दिर तथा कोटको लागि कोही कसैले पहल नगरेको तितो यथार्थ छरपस्ट छ । हामी किन यस् बिषयमा चुप लागेर बसिरहयौ, कस कास्का कमीकमजोरीहरु रहे आदी इत्यादी केलाएर अब को दिनमा हामी सम्पूर्ण ज्यामरुक्कोट का बसिन्दाहरुले सोच्नु पर्ने बेला भएको छ । आखिर मा हामीले नगरे कस्ले गरिदेला र ?  


नब दुर्गाको पूजा को तयारी मा धुर्बसागर शर्मा, सुर्य थापा लगायत स्थानिय बुद्दिजिबीहरु 

यसै मन्दिर परिसर बाट देखिने पर्बत जिल्लाको मल्लाज गाबिस अन्तरगत माँझफाट मा रहेको अर्को एतिहासिक दरबार लाई त्यहा का स्थानिय तथा प्रबासी हरु मिलेर चिटिक्क पारेको देख्दा हाम्रो ज्यामरुककोट को खड्गभवानी मन्दिर रोइरहेको जस्तो भान हुन्छ मलाई । आज कै धुर्ब सर को न्युज हेरेर मलेसियामा रहनु हुने रत्नेचौर का दिपक बोगटिले ठुलै सहयोग गर्ने बचन दिनु भएको छ । यसै कार्यको लागि म स्वयम ले पनि प्रबासी साथीहरुलाई संपर्क गरी आर्थिक संकलन गर्ने निर्णय गरेको छु अब तपाईं हरु स्थानिय त्यहा काम गर्ने बुद्दिजिबीहरु, राजनैतीक दलका प्रतिनिधिहरु, समाजसेबी हरु सबै मिलेर यस् ज्यामरुककोट खड्गभवानी पुन निर्माण समिती बनाउन मैले धुर्बसागर सर लाई अनुरोध गरेको छु । सम्पूर्ण ज्यामरुके मित्र हरु, तपाईं हरु जहाँ जसरी रहनु भएको छ एकफेरी सोच्नुहोस् त तपाईं हामीले नगरे यती ठुलो एतिहसिक महत्व बोकेको ज्यामरुककोट को अस्तित्व कहाँ पुग्ला ?? पूजा जहाँ गरे नि हुन्छ मन्दिर तपाईंको दिल मा पनि बनाउन सक्नुहुन्छ तर ईतिहास जोगाउन, आफ्नो ठाउको महत्व बढाउन तपाईं हामीले नै केही गर्नु पर्छ ज्यामरुके हरु हो त्यसैले बिनम्र अनुरोध मेरो यो ब्लग मार्फत आउनुहोस् अब हातमा हात मिलाउ कँधमा काँध । 






म कस्तो छु ??


राष्ट्रिय प्रजातान्त्रिक नेपाली समाज युएई दुबइ 

मेरो गाउ को एक झलक 

No comments: