कथा : तुहिएको सपना

ओई.... कती चलेकी !! त्यस्ले हामीलाई सुनाउन को लागि भनेकी थि तर आफ्नै साथी तिर फर्किदै । नजिकै बसेका प्रकाश र म भने खसखुसुक गर्न वाध्य बनेका थियौ किनकी ऊसका नजर चोरि चोरि हामीलाई नियालिरहेका थिए । एउटी रातो टिसर्ट अनी निलो जिन्स मा थि भने अर्की हरियो कुर्ता सलबार मा । रुप हेर्दा लाग्थ्यो स्वर्ग बाटै झरेका थिए दुबै जना त्यसैले त मेरो साथी प्रकाश को दिल मा मन्द मन्द हाबा बहिरहेको थियो म भने प्रकाशे लाई जिस्काउन लागे ।

शनिबार को बिहान, माघको महिना भर्खर घाम उदाएको आहा !! म्याग्दीको महारानी थाना को पाखा घाम ताप्ना अनी महारानी देबी को दर्शन गर्न भनेर हामी दुबै त्यता लागेका थियौ । मंगल्घाट का ब्यपारिहरुको पसलबाट आएको जेरी को बासना ले प्रकासेको मुखमा पानी न आएको त हैन तर देबी को दर्शन गर्ने अनी बल्ल नास्ता गर्ने भनेर उस्लाई प्रमिस गराइसकेको थिए घर बाट निस्कदै । यहाँ त महरानी को भन्दा नि पहिला देबी को दर्शन होला जस्तो लागिसक्यो मलाई मेरो साथी प्रकाश भने उनिहरुलाई टुलुटुलु हेदै दुई अमल पालेको जुँगा बटारिरहेको थियो ।
के हो प्रकाश ताकमे पानी को स्वाद भन्दा पनि मिठो होला जस्तो सोच्दैछस कि के हो यार ? मेरो प्रश्न ले झस्केछ बजिया त । हैन प्रदिप दाई अब भने मेरो बिहे होला जस्तो छ् उस्ले दबेको स्वार मा बोल्यो .....!!
ए !! तैले त फेसबुका बिहे भएना भनेर गुनासो गरेको थिस् रे नि त्यही भएर होला यमराज ले दुइटा दुत पठाएछन तेरो लागि एकैचोटी आखिर जब मिल्ता है तो छप्पर फार्के हि हि हि हि म भने उस्लाई जिस्काउनै मा मजा लिरहेको थिए नि ।

आफ्नो घरा घ्यापो छ् क्यारे जती पिए पनि नरित्तिने अनी मलाई जिस्काउछ यो प्रदिप दाई यतिबेला भने प्रकाश को बोली मा दम थियो । म उस्को कुरो को चुरो बुझ्ने तिर दिमाख लाई खियाउदै थिए ऊ भने मुसुक्क हास्न भ्याइसकेछ तिनिहरु सँग । अब हामी दुई नभएर चार भैसकेका थियौ बाटोमा संगै हिंड्ने । बहिनिहरुको घर कहाँ परो मैले नै मुख प्याच्चा फोरेको थिए अनी जब निलो कुर्थावाली ले जबाफ दिन म तिर फर्केकी मात्रै के थि रातो टिसर्ट वालिले डडुवा हो पो भन्छे त बा ! निलो कुर्तावालिको मुख आ परेको थियो के बोलम के नबोलम भएछ बिचरीलाई अनी त भनी मेरो नाम गंगा ।
मैले पो जबाफ दिनु पर्ने तर प्रकासे लाई कुन्नी के को हतार भए छ् म त ताकमे प्रकाश भन्न भ्याइसक्यो गाँठे !! म भने हाँसे मात्रै अनी मन मन मा सोचे ताकम को मनमोहक फाँट देखेर केटीको मन पग्लन्छ रे भन्ने सुनेको थिए शायद ऊ त्यही खोजेको होला ? जे भए नि उस्ले जबाफ दि सकेको थियो म चुपचाप बस्नु नै उचित ठाने ।
त्यहाँ भन्दा अगाडि कोही बोलेन मलाई भने त्यो रातोवालिको नाम जान्न मन लाइरहेको थियो किनकी उस्को गाला ठ्याक्कै मुस्ताङ को स्याउ भन्दा कम को रातो थिएन । हुन त म बिबाहित् थिए त्यही भएर अघी नै प्रकाशे ले भनिसकेको थियो घ्यापो छ् भनेर त्यही पनि मान्छेको रहर को कुनै सिमा हुँदैन रे जस्तो पाकिस्तान र भारात को जस्तो । त्यसैले पनि मेरो मन बुर्कुसी मार्न चाहिरहेको थियो बर्शौ गोठमा बाधेको बधुवा बयल जस्तै । मेरो मित्र भनौ या भाई प्रकाशे भने अनुहार मा भर्खर फुलेको मक्खमली फुल जस्तो चमक लिएर ति दुई छमक्छल्लो सित मस्किने अठोट गरिसकेको थियो ।
महारानीथान आउन अब २ मिनिट मात्रै बाँकी थियो मैले मुखै फोरे गंगा हेर्नु त ऊ त्यहाँ सर्प । सबै झस्किए तर दिमाखमा घुसेन माघको जाडोमा त्यो पनि पहाडको बाटोमा सर्प पाउन मुस्किल छ् भनेर । उनिहरु दुबै को हातमा जाली रुमाल ले ढाकेको पूजाको थालि थियो तर हामी दुई भने खाली हात आखिर हामी १ रुपैयाँवाला अगरबत्ती न परीयो । मेरो साथी प्रकाश भने मन मा पानी बोकेर हिडिरहेको थियो राम जाने ताकमको घर मा बसेकी आमाको लागि बुहारी पो खोजेको थियो कि कुन्नी ?? तर मेरो कानैमा आएर भन्न् भ्याइसकेको थियो आई डोन्ट वान्ट मिस दिस अपर्चुनिटी । म भने रनभुल् परे के भनेको होला भनेर ?
हामीहरु चारै जना मिलेर देबिथान् लाई तीन फनको मार्यौ थाहा भएन किन ति केटीहरु पनि हाम्रो बात् को पछी लागे । पूजा आजा सकियो पन्डित सँग टिकाटालो गरेर पनि सकियो तर प्रकाशे लाई के जोस चलेछ कुन्नी रातो टिसर्टवाली लाई टिका पो लगायो के के भन्दै यता मेरो मन भने कोल मा पेलेको अमिलो को गेडो जस्तो भयो । हरियो कुर्था लगाउने ले मलाई हेरिरहेकी थिईन म भने आँखा मा आँखा जुधाउन सकिन । त्यहा बाट हामी संगै तल ओरालो मंगल्घाट तिर झर्यौ । अब भने मुखै फोरेर सोध्नु पर्ने भयो रातो टिसर्ट लगाउने को नाम किनकी प्रकासे ले सोध्ला भनेको चुपचाप् मात्रै पग्लिरहेको छ् धौलागिरीको हिमाल जस्तै । मेरो मुख आ मात्रै गरेको के थियो ति रातो टिसर्तवाली आँफै पो भन्छिन मेरो नाम सन्जु घर मरेक, अरे यार यि त साँच्चै यमराज ले पठाएका दुतै हुन कि के हो जो मैले अघी जिस्केर भए पनि प्राकासेलाइ भनेको थिए ।
चुपचाप केही नबोली सँग संगै झर्यौ तल मंगल्घाट तिर । प्रकासे रातो टिसर्टवाली याने सन्जु सित गफ गर्ने सुर मा उनै सित थियो म सँग भने हरियो कुर्थावाली भनौ गंगा थिन यस्तो थियो कि कसै पराइले देखे नि हामी आफ्न आफ्ना समालेर हिंडेका छौ । मलाई भने डर थियो कतै प्रकसेले भने को घ्याम्पो को मान्छे ले देख्यो भने तेरो फलानोले लिएर हिंडेको थियो यो त्यो भनेर भन्देलान भनी । जे भए नि हामी खुरु खुरु झर्यौ मंगल्घाट तिर ।
घ्याम्पो को मान्छे ले देख्यो भने तेरो फलानोले लिएर हिंडेको थियो यो त्यो भनेर भन्देलान भनी । जे भए नि हामी खुरु खुरु झर्यौ मंगल्घाट तिर ।
हामी सरासर कुखुरे साहुको जेरी पसल मा गएर तातो तातो जेरी खाइयो चारै जनाले । प्रकाश र सन्जु थिए अघिल्लो टेबल मा अनी म र गंगा थियौ पछील्लो टेबल मा । हामीले एक एक पिलेट जेरिपुरी खायौ अनी केही गफ नि गर्यौ तर प्रकासे र सन्जु ले दुई दुई पिलेट खाए । हामीले कुर्नु परेको थियो उनिहरुको गफ सकिन्जेल सम्मा । करिब ११।५० बजे हामी निस्कियौ त्यहा बाट मैले देखेको थिए प्रकासे ले नोट् गरेको थियो पेपर मा केही केही मैले सोचे साथीले बल्ला भेटेछ खोजे जस्तो । अब भने केटोले फेसबुक मा केटी पेन भनेर नलेख्ला कि ??? मेरो भने गंगा सित खासै कुरा भएन त्यती हाइ हेलो बाहेक आखिर गर्नु पनि के नै थियो र ??

हामी छुट्टीयौ त्यहा बाट । उनिहरु कता गए थाहा भएन हामी हरु भने सरासर संगमटोल मा रहेको मेरो डेरा मा आयौ जहाँ मेरी श्रीमती शोभा अघी देखी नै खाना बनाएर हाम्रो प्रतिक्षा गरेकी रहिछन । छोरी सानीता खेल्न गैसकेकी रहिछन त्यसैले प्रकासेले छोरी लाई भनेर ल्याएको चक्लेट टेबल मै राख्यो । शोभा भने हामीलाई खाना खाना आउने उर्दी लगाइरहेकी थिन । हामी चुप चाप खाना खायौ अनी केही काम छ् भनेर लाग्यौ बजार तिर । आखिर शनिबार न हो के कामै हुन्छ र दुबै जना फिल्म हेर्न भनेर गयौ रुची चलचित्र मन्दिर तिर ।

प्रकासे को आज फुर्ती नै अर्कै थियो आखिर ताकम को हिरो न पर्यो अझ गालामा पालेको झुस्स झुस्स दारिले गर्दा हामी साथीभाइ ले हेलो अजय देबगान भनेर जिस्काइदिन्थ्यौ तर ऊ भने मख्ख पर्थ्यो किन हो तर हामीलाई कहिले पनि थाहा भएन । कहिले पनि चिया पिएको पैसा तिर्न नखोज्ने प्राकसे ले भने आज अघी सरेर फिल्म को टिकट् काटेको थियो म भने जिल्ला परेको थिए हैन यस्लाई के भयो भनेर आखिर भाई भने नि साथी भने नि मेरो प्रकाशे न थियो । जब हामी दुबै फिल्म हल भित्र पस्यौ एकै चोटि झट्का लाग्यो किनकी कि अघी भेटेका गंगा र सन्जु कसैका साथ मा थिए तर हामी तलास फिल्म हेर्न आएका उनिहरुको तलास भने पक्कै थिएन । प्रकासे एकदमै निरास भएको थियो उनिहरुको लाल जोडी देखेर फिल्म हल को कुर्चिमा । फिल्म सुरु भएको १५ मिनित मै प्रकासेले निस्किम दाई भन्यो किन होला मैले नाई भन्ने त कुरै भएन हामी सरासर मेरो कोठामा गयौ । कती बेला बजियाले टुबोर्ग किनेछ मलाई थाहै भएन तर घर पुगेसी आँफै गिलास निकालेर सुरु गरेको थियो किनकी उस्ले भनेको घ्यापो वला भाउजु थिएन घर मा ।

म उस्ले किनेको टुर्बोर्ग मा स्वाद खोज्दै थिए प्रकाश भने फेसबुक मा खोज्दै थियो उन्को नाम । भन्दै थियो दाई जती मारे नि आउँदैन त सन्जु भनेर नाम हि हि हि ....
मेरो हाँसो को सिमा रहेन जब उस्ले भन्यो ति सन्जु भन्ने केटी ले भनेकी रहिछन फेसबुक मा म्यासेज गर्नु भनेर ।
बिचरा ताकमे प्रकाश दुई तीन दिन आफ्नो दुई अंमल को दारी मुसार्दै सोच्न वाध्य भयो "सबै केटी राम्रा हुँदैनन राम्रा जती हाम्रा हुँदैनन" !!

No comments: