मुख हेर !! हेर !!




बिहानै उठेर जाँतो पिस्दै थिए
जेठो छोराले फुन बजायो
आमा मुख हेरे है भन्यो
मैले भने हेर हेर बाबु ! हेर
हैन कस्तो जमना आयो
फुन मा नि मुख हेर्न मिल्ने भएछ
जे भए पनि
बर्षा दिन मा फोन गर्‍यो मेरा नाक फुले खुशीले
बुहारी नाती नातिनाको खबर सोध्नै लाग्या
फुन त काटियो चट्टै ...!!!

एक्छिन पछी
जेठि छोरीले फुन गरी कट्मन्डु बाट
आमा मुख हेरे है भनी
हेर हेर छोरी भर्खरै तेरो दाइले नि हेर्यो रे
कस्ती देखिएकी छु त भन्नै लागेको
फुन त च्वाट च्वाट गर्छ
कुनी के भो, माइला ले कतार बाट पठाइदिएको फुन हो


साइलो ले घांसको भारी बिसाउदै भन्यो
मुख हेरे है आमा तिम्रो
हैन रात दिन हेरेकै त छस नि मेरो मुख
के लाई हेर्नु परो यो बुडिको मुख
हुन त बिचरा
९ भाई छोराछोरी मा यही एउटा त छ नि म सित
दु:ख मा साथ दे को छ
अरु छोराछोरी त लाखापाखा लागेका छन
जेठोले श्वासनी छोराछोरी लगेर अम्रिका हानिएको १० सै साल भयो
माइलो कतार मा काम गर्छ
श्वासनी छोरा लाई पढाउन
बजारमा बसेकी छे
कान्छो खै !! कुन पार्टिको काम गर्छु भन्छ
महिना एसो एक दुई पटक आउछ
जान्छ केही भन्दैन
अब ज्वरो आउँदा पनि पानी दिने त यही साइलो छोरो त होनी
छोरी सबै अर्काको घर गए
यस्को एउटी खोजेर बिहे गर्दिना पाए
मरे नि सान्तिले श्वास फेर्थे होला
मुख त देखाइदिनु परो भन्दै
पछी फर्किए
छोरो त् छैन
साइला मुख हेर्न आईजा भनेर बोलाए
उस्ले आमा भात खाँदै छु भन्यो
बिचरा भोक लागेको होला खा !! बाबु खा भने


फेरी साइली छोरीको फुन बज्यो
आमा मुख हेरे भनी
हेर छोरी हेर
अब जमानै यस्ता
फुन मै मुख देख्न पाएसी तिमीहरुलाई के चाहियो र

कान्छी छोरीले नि गरी फुन
आमा मुख हेरे भनी
हेर हेर छोरी
हैन यो मुख आज मात्रै देखिन्छ कि के हो
सबैले मुख हेरे भन्छन
अस्ती ज्वरो आएर पल्टिदा
कसैले मुख देखेनन कि के हो ?
अब फुन मै हेर्न मिलेसी त
हेरेको भए मैले पानी खान पाउथे होला नि
धन्न माथिकी फताउरी बुढी आईन र पानी पिए थे

यो साइलो बिचरा गोठ धन्दा गर्दै ठीक्क छ् ....!!!


(बर्षा मा एकफेरी फोन गरेर, फेसबुकमा फोटो हालेर मात्रै आमाको मन खुशी हुँदैन मित्रहरु । आमाको मुख त हरपल हेर्नु पर्छ हर क्षण ख्याल गर्नु पर्छ बोलिमा हैन व्यबहार मा किनकी आमा सधैं कि प्यारी, सधैं कि ममतामयी हुन उन्ले अनेकै दु:ख झेलेर आफ्ना सन्तान हुर्काएकी हुन्छीन। सबै सन्तान आमाको मुटुमा बराबर बसेका हुन्छन )

No comments: