Friday, May 4, 2012

आफ्नै कमजोरी












तिमी 
सधैं चुपचाप हिडिरहन्छ्यौ 
यसको मतलब 
म पनि चुपचाप तिमीलाई हेर्नु होला 
तर 
म भित्र का अदभुत चाहनाहरुले 
चिमोटिरहन्छ मनका अन्तरकुन्तर 
अनी 
न त चुपचाप बस्न सक्छु 
न त बिर्सिन नै सक्छु 
ति अमुर्त पलहरु 
तिमीले मैले पार गरेका अमिट पदचापहरु 
हिजो कालिगण्डकी जसरी बग्नेगर्थ्यो 
आज पनि उसैगरी बगिरहेछ 
फरक यतिमात्रै 
हिजो तिमी र म सँग संगै 
कालिको तिरमा बसेर यसको सुस्वाट सुन्थ्यौ 
आज 
आ आफ्नै सुस्वाटहरु कालीलाइ सुनाउन पाएका छैनौ 
परिस्थिती या बिबसता 
या परिबन्द वा समयको खेल 
हिजो हामीले देखेका सपनाको पारीणाम 
तिमी मात्रा तिमी भयौ 
अनी म आखिर म मै सिमित भए 
के गर्नु खै ??
हामी हुन सकेनौ !!