Monday, April 27, 2009

मेरो साथी को मेल बाट

निकै भएको थियो ब्यस्तताले ईमेल अपडेट पनि गर्न पाएको थिएन । आज अलिकती भए पनि गर्नु पर्‍यो भनेर यसो मेल बक्स चेक् गर्दै गरेको मेरो सहक्रमि साथी तथा मेरा सिनियर इन्जिनिएर दिपेश जि ले ईमेल फरवार्ड गर्नु भएको छ जती हेर्यो उती हाँस्यस्पद तथा यथार्थ परक खुराक रहेछ हामी नेपाली हरुले नेपालमा भोगेको । कुरा के परेछ भने साथीले एक दिन एउटा पुरानो कलेजको साथी लाई एक्कासी अन लाइन मा भेट्नु भएछ र सोध्नु भएछ साथी धेरै भयो यार संपर्क नभएको अनी के छ त तिम्रो खबर । अनी उता बाट साथीले केही नलेखी यो तलको कार्टुन सेन्ड गरिदिनु भएछ अनी उहाँ लाई एक मन त् निकै हाँसो पनि लागेछ तर अर्को मन आफ्नो देशको कटु यथर्था देख्दा नरमाइलो पनि लागेछ । हुन त यो स्थितिलाई मध्यानजर राख्दा कसलाई पो सामान्य लाग्ला र तर पनि यही सामन्य नलागोस भनेर जनताले विश्वाश को छाप मारेर सदन भित्र छिराएका नेता हरुको लडाईं देख्दा के भन्नु र खै । यस पाली दिपेश जि लाई नरमाइलो लागेको यो कार्टुन ले कतै हाम्रा नेताहरु लाई पनि नरमाइलो लागिदिए कस्तो हुन्थ्यो है ।





















धन्यवाद दिपेश जि लाई जे भए पनि कार्टुन को लागि । अनी आशा गरु हामी नेपाली जनताले भोग्नु परेको यो दुर्दशा छिट्टो पार होस् यही र यिनै सपनाहरु बाट है त तर सम्प्रक तथा प्रतिकिर्या गर्न चाँही नभुल्नु होला नि !!!

प्रदिप

Friday, April 24, 2009

तिमी र म









तिम्ले जित्न मात्रा चाहयौ -२
हारिदिए म , मुटु जल्दा सितलता दिन, भेटिएनौ तिमी
साँचिराखे पुरै जोबन, खाली अंगालोमा समेटिएनौ तिमी ।।

साक्षी जुनतारा नै थिए - २
धरापमा माया, पुरिए म, पटक्कै छेकिएनौ तिमी
जन्मिए हजार सबाल धकेलिए म, चेपिएनौ तिमी ।।

ढुङ्गाको भर माटो भन्थे - २
लुलिएका मेरा पाइला, साहरामा टेकिएनौ तिमी
प्रितको धारमा टुक्रनु टुक्रिए म, थोरै रेटिएनौ तिमी ।।

ईन्द्रणी रंग प्रेमको - २
लुटिदै रित्तिए सपना, संबेदनामा कहिल्यै देखिएनौ तिमी
सम्हाल्दै पखाले मन, हिर्दयबाट अझै फ्याकिएनौ तिमी ।।
............खाली अंगालोमा समेटिएनौ तिमी ।।

बिधा सापकोटा
कल्याणपुर ७,नुवाकोट
हाल : शंकरदेब कलेज,काठ्मान्डौ
contact : nirjala@gmail.com

गजल

जिन्दगी संगित भन्थे बजाउँन जानिन मैले
फुल जस्तै चटक्क मिलाएर सजाउँन जानिन मैले

हारेर बाँचिरहेछु एउटा जिन्दगी तिम्रै जितहरुमा
सर्माएर धेरै पलहरु यहाँ लजाउँन जानिन मैले

जुटाउने एउटै गोरेटो छुटाउने त धेरै चौबाटो
बिस्वासिला तिम्रा हातहरु समाउँन जानिन मैले

जता धेरै खुशी मिल्यो उतै मोड्यौ लक्ष्यहरु
पोखेर उज्यालो तिम्रा अधरहरु हँसाउन जानिन मैले

Tuesday, April 21, 2009

जिबनको गोरेटोमा

गणेश भुशाल
बर्दिया
हाल : DUTEST QATAR WLL
दोहा कतार





भनु भने पनि नहुने नभनौ भने पनि मन भित्र भित्रै पाक्दो रहेछ एक्लै । सायद् पिडाहरु धेरै भए पछी मन हरु पनि रुमलीदिदा रहेछन पानीका भेल हरु जस्तै भने कतै छाल् बनेर छचल्किदा रहेछन आफ्नै मुटु भित्र का भ्वालहरुमा । जिन्दगी त हो नि आखिर कसैको खुशीले बेरिएको हुने कतै पिडाहरुले छट्पटिने । कसैको मिलन हुने कसैको जिन्दगीमा बिछोड मात्रै हुने । आखिर संसार यस्तै रहेछ । जवानीको चढ्दो लहरसङै मेरो जिबन पनि भौतारिन्थ्यो सधैं कसैको खोजिमा । सधैं ईन्टरनेट का तारहरुमा जोडीएर निरन्तर तिर्खाइरहन्थे मेरा नजरहरु । सयोग भनु वा त मेरो दुर्भाग्य पोहोर साल भेट भयो उनी सँग जिमेल को खाता भित्र । उनी निकै मेहनत गरेर शब्दहरु निर्माण गर्थिन भने म उनै शब्द सँगै पग्लिरहन्थे जसरी हिमाल को हिउँ बिहानी घाम का किरण मा पग्लिरहन्छ । मन भित्र अनेक काउँकुती हरु बढ्दै जान्थे अनी अनेक कल्पनामा डुबिरहन्थे म घण्टौ सम्म उनै को नाम सम्झेर "अनिता "
पहिला त हजुर र तपाईं बाट सुरु भएको हाम्रो सम्बोधन बिस्तारै तिमी अनी मेरो प्रिया अनी काली र काले मा सिमित हुँदै थियो । म बेल्कुल अन्जानी थिय वास्तवमै उनी को हुन अनी के गर्दछिन । दिनहु ईन्टरनेट मा कुरा गर्दै आफ्नै मनलाई बगाउदा बगाउदै पत्तै हुँदैनथ्यो समय बितेको । म दिनहु कम्प्युटरको आईकनमा जिमेल खोलेर बस्थे अनी ब्याकुल हुन्थे कतिबेला अनिता ले हाइ भनेर लेख्लिन अनी हेल्लो भनुला भनेर । यो मेरो दैनिकी जस्तै हुँदै गयो जसले गर्दा मैले समयमा आफ्नो काम नसक्दा हाकिमको वार्निङ पनि खाएको छु । हाम्रो मित्रता जिमेल मा मात्रै सिमित हुन सकेन बिस्तारै घण्टौ टेलिफोन मा झुण्डिने आदत पनि बढ्न थाल्यो । म भन्दा पनि उनी नै बढी फोन गर्थिन अनी भन्ने गर्थीन गणेश सायद् तिमी बिना त यो दुनियाँ मा बाँच्न पनि गार्हो छ मलाई । मैले पनि भनी दिन्थे अनिता जिन्दगी बाच्नु भनेकै तिम्रा लागि त हो ।
हाम्रो यो क्रम दिनहु बढी रहयो गर्दा गर्दा उनी सँग एक दिन नबोल्दा खाना खान समेत मन लाग्दैनथ्यो मलाई ।
समय त आफ्नै रफ्तार मा थियो, समयको बगाइ सँगै कयौ प्याउली हरु फुले नेपालमा, कयौ गुराँस हरु फक्रिय कती झरे तारा हरु कती बगे भेलहरु तर आफु त खाडीमा चर्को घाम सँगै उनै को यादमा छट्पटिदा छट्पटिदै बिते धेरै रात हरु सिरिफ अनिताको यादमा । गत महिना म छुट्टीमा घर गए मन भरी संगालेर धेरै रहर हरु । सोचे घर सल्लाह गरेर यसपाली त घुम्टो ओढ्याउछु अनितालाई । काठमाडौं पुगेर उनको नम्बेर डाएल गरे स्विच अफ रहेछ । सायद् उनी कुनै काम मा गएकी होलिन या त लोड्सेडिङ को मार मा मोबाईल चार्ज गर्न पाइनन होला भनेर म त्यो रात छट्पटिमै बिताए । भोली पल्ट बीहानै उठेर होटेल को काउन्टर बाट फोन गरेको बल्ल बल्ल लाग्यो । नेट्वोर्क को सम्स्या त बिधितै थियो त्यसैले पनि उनको आवाज प्रस्ट थिएन तर पनि मैले उनिलाई चिने तिनी उनै मेरी अनिता थिइन जो सँग म जिबन बिताउने उधारो सपना देखेको थिय । कुर गर्दा गर्दै लाइन काट्यो मैले नेपाल टेलिकोम् लाई सरापे अनी चिया पिउन तिर लागे । मनमा त कती बेला उनिलाई भेटौ आखिर उनी कस्ती थिइन त जसलाई म अन्धो बनेर माया गरेको थिय अनी उनी ले पनि मेरा हरेक प्रास्ताब् हरु स्विकारे कि थिइन । टेलिफोन सेटमा घण्टी बज्यो म झस्किए आखिर फोन उनै अनिता को रहेछ । काउन्टरका भाई ले मलाई फोनको रिसिभर् हातमा थमाइदिए । उनले फोनमा सरि भनिन अनी एक्कासी काम बिशेषले नगरकोट गएको र फर्किन केही दिन लाग्ने पनि भनिन । मैले पनि बुझे अनी घर फोन गर भन्दै नम्बर दिएर फोन राखिदिए । मनमा त नरमाइलो लागेको थियो तर के गर्नु यथार्थ लाई हरेक मान्छेले स्विकार्नु पर्ने भएको ले म पनि बिबस थिए । म त्यसै दिन घर बर्दिया फर्किए । गाउँघरमा त निकै चिज परिवर्तन भएछ यो दुई बर्षाको अबधिमा । म गाउमा पुगेर पनि उनै अनिताको फोन को प्रतिक्षा गरे तर उनले फोन गरिनन यता मेरो सोझो मनले अनेक सम्भावनाका अवस्था हरु सम्झदै दिन बिताउन थाले । मन ले चुप लागेर बस्नै दिएन त घरमा बिहे गर्ने प्रास्ताब् पनि आउन थाल्यो मलाई अनी एक दिन अनिताको मोबाइलमा डाएल गरे । संयोग भनु त्यस दिन एकै घण्टिमा फोन लाग्यो । उनले मलाई छिट्टै काठमान्डौ आउनु भनेर बोलाइन, आत्तिएको मेरो मन के रोकिन्थ्यो र म त्यसै दिन झोला बोकेर काठमान्डौ सोझिए । काठमान्डौ मा भेट भयो मेरो उनको कोठामा । जावलाखेल मा रहेछ उनको घर । सानदार भवन् चटक्क सजाँएका कोठाहरु म त अचम्मै परे त्यहाँ पुग्दा । उनले त सधैं फोनमा एक साधाण परिवारकी जो डेरामा बस्छु भन्थिन । उनिले चिया बनाएर आउँदा मैले बिभिन्न कुरा हरु मै अल्मलिएको थिए । उनिले नै कुरा निकालिन गणेश जिन्दगी भनेकै यस्तै रहेछ कतिपय कुरा हरु मनले चाहेर पनि पुरा नहुने रहेछन फेरी यो विवाह गर्ने मेरो कुनै इच्छा नै थिएन हेर न घर परिवारको प्रेस अगाडि मेरो केही चलेन । के गर्ने हाम्रो जसरी भेट भएको थियो त्यसरिनै मलाई बिर्सिदिनु । तिमीले त म भन्दा पनि राम्री केटी पाइहाल्छौ । एकै चोटि उनको मुखबाट निस्केका यि बाणिहरुले मलाई कचक्कै किचिदिए जसरी कोशी को बाढिले बगाएको थियो । मैले मेरो जिबन एउटा ठुलो ढुङ्गाले किचे जस्तै अनुभव गरे । के सोचेर म नेपाल गएको थिए के भयो म ठम्म्याउनै सकेको थिइन । म केही बोल्न नै सकिन । उनी मलाई सम्झाउदै थिइन त्यती बेलै उनका श्रीमान आईपुगे । हाम्रो परिचय पनि उनैले गराइन म त उनको मामाको छोरा रे । मन भित्र भित्रै झस्के पनि उनको अगाडि केही बोल्ने कुरा पनि भएन जे नहुनु पर्ने थियो मेरो लागि त्यही भए पछी म त्यहा बस्ने कुरा पनि भएन । उनका श्रीमान ले निकै जोड गरे मलाई त्यो रात त्यहा बस्नको लागि तर मेरो श्वासै रोकिएला जस्तो भएको थियो त्यहाँ ।
म फेरी आउने बाँचा गर्दै निस्किए त्यहाँ बाट । टाउको मा चक्कर लागे जस्तो फन् फनी घुमिरहेको थियो । के गर्ने जती मान्छे कल्पना मा रमाउदा आनन्द लाग्छ त्यती नै गार्हो यथार्थ लाई सामना गर्नु पर्दा हुदोरहेछ । आखिर मेरो लक्ष्य हरु सिसा झै चकनाचुर भए त्यस दिन । आँफैलाई धिक्कारे पनि अनी आँफैलाई लाज लागेर पनि आयो बिगतलाई सम्झिदा । पछी उनले मलाई सम्प्रक गर्न निकै कोशीस गरिन पनि तर मैले कसैको बसिसकेको घर बिग्रिन सक्ने सम्भाबना लाई आत्मा साथ गरेर उनी लाई वास्तै नगरे जस्तो गरे । त्यती बेला का मेरा पिडाहरु त लेखेर पनि साध्य छैन । मनमा फुलिसकेको फुल त्यसै नओइलिदो रहेछ ।
त्यती सजिलो पनि नहुदो रहेछ बिगतलाई बिर्सन फेरी नबिर्सेंर पनि त कुनै अन्य बाटो थिएन । जसो तसो छुट्टी सकेर फर्किए फेरी यही मुग्लानमा । आजभोली ईन्टरनेटमा च्याट गर्दा कुनै केटीको नाम बाट हेल्लो आयो भने पनि मन तर्सिने गर्दछ अनी हाइ भन्न पनि डर लाग्छ । यादहरु अझै मेटिएका छैनन कहिले काही चसक्क मुटु दुखेर पनि आउछ । मलाई थाहा छैन उनी अहिले कहाँ र कस्तो अवस्था मा छिन् कहिले काही त एउटा ईमेल ड्रोप गरेर हेरु कि जस्तो पनि लाग्छ तर फेरी डर लागेर आउछ । बस उही जिमेलमा पुरना हाम्रा संबाद हेर्दै , कहिले एक्लै हाँस्दै त कहिले रुदै बितिरहेछन मेरा दिनहरु र थाहा पनि छैन यो क्रम कहिले गएर अन्त्य हुने हो । जे होस् अनिता जि तपाईं जहाँ भए पनि जसरी रहे पनि खुशी हुनु, सधैं सफलताले चुमिरहोस् मेरो शुभकामना यिनै सपनाहरु बाट ।

खुशी बनाउँ तिम्रा अधरहरु

रस्मिन राई
उदयपुर
हाल : पशुपती क्याम्पस काठमान्डौ



तिमी शब्दहरुमा उर्लिएर
मेरो बस्तिहरुमा कोशी नबगाउ
तिमी सपनाहरु बोकेर
मेरो गोरेटोमा पहाड नभत्काउँ
किनकी .....
म आँखाहरुमा मुल फुटाएर
तिम्रो जिबन सिचांई गर्न सक्दिन
म आफ्नै दिलभित्र काँडाहरु उमारेर
फुल हरु फुलाउँन सक्दिन
फेरी ....
न त आकाशको जुन झारेर
तिम्रो हत्केलामा खसाल्न सक्छु
न त क्षितिजपारिको उँज्यालो छोपेर
पानीमा पाइला बसाल्न सक्छु
किनकी
म त एक यात्री हुँ
आफ्नै गन्तब्य खोज्दै हिड्दा
तिमी हिंड्ने गोरेटाहरुमा भेटिएकी मात्रै हुँ
संयोग पनि उस्तै पर्‍यो
तिम्रा गीताका धुनहरुमा रेटिएकी मात्रै हुँ
त्यसैले तिमी ...
काकाकुल जस्तै काबा खाँदै
तिर्खाएर प्यासी नबनाउँ तिम्रा नजरहरु
जिन्दगी एउटा जित हो आँफैमा
खुशी बनाउँ तिम्रा अधरहरु
जोखेर नहिड धेरै र थोरै
सन्तुस्ट बनाउँ तिम्रा रहरहरु
खुशी बनाउँ तिम्रा अधरहरु ...

Saturday, April 18, 2009

मेरो शुक्रबार

प्रदेशमा बसेर मनले चाहेका कुरा गर्न त सबैलाई कहाँ मिल्छ र तैपनी यहाँ आफ्नो छुट्टीको समय खेर नजान तथा आफ्ना कल्चर बचाउन हामीहरु बिभिन्न कार्यक्रम गर्ने गर्छौ । हुन त यो मेरो ब्लग समाचार लेख्ने ब्लग होइन र यिनी कुराहरु लेखेको देख्दा समाचार लेखे जस्तो होला यसको लागि माफ गर्नु होला तर आँखाले देखेको कुरा मनमा मात्रा राख्न नसक्ने मान्छे अन्तर्गतको पारीयो आफु त्यसैले समाचार जस्तो भए पनि पढिदिनुहोला मेरा गतिबिधी भन्ने आशा गरेको छु है त ......!!!















शुक्रबार सबैको छुट्टी हुने गर्दछ यहाँ अनी हप्ताभरिको थकान कसैले साथी भाई भेट्ने त कसैले रूम मा सुतेर पनि बिदाको उपयोग गर्दछन। म प्रया छुट्टी नमिल्ने मान्छे कयौ साथीहरु लाई भेट्ने बाचा गरे पनि सबै अधुरो रहेको थियो त कती साथीहरुले ठुलो भएको भनेर पनि भन्ने गर्थे त्यसैले गत शुक्रबार नेपाली नयाँ बर्षा मनाउने अनी साथीभाइ सँग भेट्ने भनेर लागे मेरा गाउले मित्र नारायण जि को मा ४१ नम्बर तिर ।
त्यहा पुगेको गाउका धेरै साथीहरु जम्मा भाईसकेका रहेछन । अनी एक छिन् हालखबर आदनप्रदान गरेपछी नजिकै भलिबल रहेछ केम्को क्याम्पमा अनी आफु भलिबल भने हुरुक्कै हुने लागियो त्यतै तिर .














खेल निकै राम्रो जमेको रहेछ त्यहा पुग्दा । निकै बेर हेरियो खुब मजा मानेर साथिहरुसंगै अनी बेलुका भएपछी फर्कियो रूम तिर ।

नेपाली हुँ भनेर गर्व गर्ने ठाउँ भनेकै वास्तवमा हाम्रो कल्चर नै हो । यती राम्रो कल्चर अनी भाईचरा भएको देश दिनहु राजनीतिक समस्या बढ्दै गएको देख्दा सार्है मन दुख्ने गर्छ । आज अर्काको देशमा हुँदा पनि नेपाली युबाहरु बिचको मेलमिलाप लाई नेपालमा मै हुँ भन्ने नेता जि हरु तथा तिनै नेताका भार्ति संगठनका लिडरहरु ले बुझेर देश बिकासमा जोड दिने गरिदिए हामीहरु लाई यो अर्काको देशमा काम गर्न पर्ने बाध्त्यता अली कमै भएर जाने थियो कि जस्तो लाग्छ मलाई त अनी यहाँ तातो बालुवा मा उफ्रिदै भलिबल खेल्ने हामीहरु त्यही को स्वच्छ हाबा तथा चिसो पानी खाएर नै भलिबल खेलेर नयाँ बर्षा लगाएत हरेक कल्चर हरुमा यसरी नै भाईचराको सम्बन्ध अझै अगाडि मनाउने थियौ नि तर .........

गजल

बुझ्नेले मलाई बुझिदिएको भए रुनु त पर्दैन्थ्यो होला मलाई
बगाएरै आँशु मनका पिरहरु धुनु पर्दैनथ्यो होला मलाई

भन्ने ले त जे पनि भन्छन सुन्नेले पो ! नसुनिदिए
तिम्रो सामु कसम खाँदै आगो छुनु त पर्दैन्थ्यो होला मलाई

सँगै हिंड्ने पाइला बिच संकाहरु नभैदिए ........
एक अर्कालाई दोश लगाउदै गल्लिहरु डुल्नु त पर्दैनथ्यो होला मलाई

माया मोहको शब्दकोश बिधताले नरचेको भएपनी ...
तड्पिएर नशाभित्र एक्लै झुल्नु त पर्दैनथ्यो मलाई । ।

बुझ्नेले मलाई बुझिदिएको भए रुनु त पर्दैन्थ्यो होला मलाई
बगाएरै आँशु मनका पिरहरु धुनु पर्दैनथ्यो होला मलाई ।

Friday, April 17, 2009

तिमी नै हौ

दिल दुखाउने धेरै हुन्छन हसाउँने त तिमी एउटै हौ
अभागि म जस्ताको लागि त तिमी देउतै हौ ......

उजाड यो जिन्दगीमा बसन्तको बहार ल्यायौ
रोएर नै हिंडेको थिय आफुसँगै मलाई हसायौ
कुन शब्दले बयान गरु शब्दकोशमै छैन त्यस्तो
कुन मोडमा पुग्ने होला जिबन होला कस्तो .....

आकाशको जुन टिपी हातमा दिने तिमी नै हौ
यो मनमा रंग भर्ने एउटा कलम तिमी नै हौ

छट्पटिदै बगरमा बाढि कुरी बसिरहेथे
मुटुभित्र खिल बनी आँफैलाई डसिरहेथे
स्वर्ग बाट झुक्किएर यतातिर झर्यौ तिमी
मैले यस्तै खोजेको थिए बल्ल फेला पर्यौ तिमी

भिरको बाटो लड्थे होला डोर्याउने नि तिमी नै हौ
अकालमै मर्थे होला बच्चाउने नि तिमी नै हौ .....

Thursday, April 16, 2009

एउटा सपना

म किन तड्पिरहेछु एक्लै आज
म हराइरहेछु भित्र भित्रै आज
थाह भएन आँफैलाई ....
या त तिमी भित्र को म
या त म भित्र को तिमी
हुन सक्छ भने एउटा अर्थ लागिदियोस जिबनमा ...
हुन सक्छ भने एउटा फुल फुलिदियोस त्यो मनमा
हो !! साँच्चै म बगिरहेछु तिम्रो यादमा ..........
फेरी !!
कतै ! धागो छिनेको चङ्गा जस्तै भएर मन
जिबनका कथाहरु लेख्न नपरोस मलाई .....
तिम्रा यादहरु आँखाबाट छचल्काउदै भोली
नदिका दुई किनरा भै बग्न नपरोस मलाई ....
किनकी ------
आज अदभुत कल्पिरहेछ यो मन
तिम्रो मिठो नाम
काखिभरी च्यापेर ...
मिठो निन्द्रा निदाउन मन लागेको छ जिबनमा
तिम्रै नाम ओढेर
जाडो छेक्न मन लागेको छ जिबनमा
तिम्रै नाम बोकेर
पाइलाहरु टेक्न मन लागेको छ जिबनमा ।

Monday, April 13, 2009

नयाँ बर्ष २०६६ को शुभकामना



















यो बर्ष(२०६६) यस्तो होस् !!
सबैमा खुशी छाओस ...
कर्णालीमा बाटो जाओस
मेलम्चिले काठमाण्डौ पाओस !!
लोडसेडिङ सट्टै जाओस ...
बेरोजगारले जागिर खाओस !!
प्रेम गर्ने ले प्रेमी पाओस ...
नेपालमा सान्ती आओस ।
ए ! प्रभु ! नेपालमा सान्ती आओस .....


मेरा सम्पूर्ण मित्र हरु, ब्लोगर साथीहरु, यो ब्लग पढिदिने तथा शुभचिन्तक हरुमा साथै ब्लग का लागि बिशेष साहयोग गर्नु हुने आदरणिय मित्र राज जि मा बिक्रम संबत २०६६ सालको हार्दिक मंगलमय शुभकामना सहित सु - स्वास्थ्य एबम दिर्घायु को कामना गर्दछु । आशा छ हजुरहरुका सम्पूर्ण सपनाहरु यो बर्ष ले पुरा गरिदियोस अनी जिबनमा सधैं बहार छाओस ।
प्रदिप

सपनाहरु


















जुन छोपेर हाँस्ने रहरहरु
घाम सँगै अस्ताइदिदा
साँझहरु झमक्कै पर्दै गए
तै पनि ताराहरु कल्पेर
एउटा जिन्दगी लेख्दैछु अक्षरहरुमा मैले
जवानीहरु पोख्दैछु सपनाहरुमा मैले .....
त्यसैले पनि ---
यिनै अक्षरहरु तलबार बनेर कहिले
आँफ्नै घाटिमा रेटिन खोज्दैछन आज
रेश्मी सलबारहरु हेरेर उंमंगहरु
जवानीका रेखाहरु मेटिन खोज्दैछन आज
तै पनि ............
आशा अझै पलाइरहेछ मनभरी
कतै तिमी फर्किन्छ्यौ कि ! यो सालमा (२०६६)
पक्कै तिमी झुल्किन्छ्यौ कि ! यो बर्षामा
हुन त ----
नदिजस्तै दुई धार बनेर बगेकी तिमी
यो मुटुभित्र छचल्किदै
कहिले आँखाको डिलबाट चिप्लिरहेकी हुन्छ्यौ
कहिले नशा नशामा ढड्किरहेकी हुन्छ्यौ
नखोजेको नै हैन तिमीलाई भुल्न
नखोजेको पनि होइन तिमीलाई बिर्सन
तर पनि ............
माछोले पानीको बैगुन देखेर
खडेरिको कल्पना गर्न नसके जस्तै
मैले सपनाहरु देख्न छोडेको छैन
सायद अब
यिनै सपनाहरुमा जिबन को अन्त्य देखिसकेको छु मैले
यिनै कल्पनाहरुमा मरेर बाँचेको छु मैले ..
बस ! असीमित अद्रिस्य पिडाहरु
लुकाउन खोजिरहेको छु मैले
मात्रा तिम्रो
चाहनामा .....
मात्र मेरो सपनाहरुमा
सपनाहरुमा .......

Thursday, April 9, 2009

प्रधान मन्त्री ज्युलाई प्रेम पत्र

सम्मानिय प्रधान मन्त्री ज्यु
हार्दिक अभिबादन

हामी आभारी छौ तपाईंको बुलन्द आबाज टेलिभिजन को माध्यम बाट सुन्न पाउदा यो मरुभुमिमा बसेर । एउटा राष्ट्र हाक्ने महान ब्यक्ती जसका म्रिदालु भाषाण सुन्न पाउदा हामी बिदेसिएका लाखौं नेपाली युबा हरुका मनभित्र एउटै प्रश्न खडा भएको छ " के अब नेपाल नयाँ नै भएको हो त ?" हुन त सत्ता भनेको भुक्ने कुकुर बस्ने घर रहेछ जहाँ जुन कुकुर बसे पनि भुक्ने मात्र, घर मालिक र घर को संरक्षण त केबल सपना मात्रै जस्तो यो ब्लगर का सपना हरु जस्तै .......

प्रधान मन्त्री ज्यु आज हामी एउटा नेपाली नागरिकको हैसियतले के भन्न चाहेका हौ भने नेपाली हरु थाकिसकेका छन यि लडाईं र मारपिट देखेर । हिजो तपाईंहरु जङल मा बस्दा हजरौ नेपाली छोराहरुले बगाएका रगतका टाटाहरु अझै नेपालीका मन मस्तिस्क बाट मेटिएका छैनन भने तपाईंहरु सत्ता मा पुगेपछी पनि नेपाली जनताले यो चाहेका छैनौ कि कहिले बुटवल बाट जुलुस निक्लेर नेपाल बन्द होस् कहिले नेपालीहरुका छोराहरु चितवन मा लडुन या त धादिङमा मरुन । हामीले ले त आशा गरेका छौ कि तपाइहरु सत्तामा बसेपछी सान्ती सु ब्यबस्थपन लाई नै प्रमुख महत्व दिनुहुनेछ तर बिडम्बना अहिले सम्मका गतिबिधी हेर्दा सान्ती को त आशा के गर्नु झनै हत्या हिस्सा बढीरहेका छन भने तपाईंका ससक्त अभिब्यक्ती हरु ले झन आगोमा घिउ थप्ने काम मात्रै गरेको पाईन्छ । यहाँलाई यो स्मरण गराउन चाहन्छौ कि नेपाली जनता का कानहरु धेरै थाकेका छन यि बकम्फुसे भाषाण हरु सुनेर । हिजोका दास ढुङ्गा देखी राज्दरबार काण्ड सम्मका भाषाणहरु सुन्दै आएका नेपाली जनताका आँखाहरुले कहिल्यै देख्न सकेनन भ्याकुर झै लखेटेको न त देखियो बाँदर झै उफ्रनेलाई रोकेको ।

आदरणिय प्रधान मन्त्री ज्यु
तपाईं सारा नेपाली जनताको प्रधान मन्त्री हो न कि एउटा सिमित आस्था बोकेको पार्टिको । यहाँलाई हामी मरुभुमी बाट यो स्मरण गराउन चाहन्छौ कि नेपाली जनता बिकास का गोरेटामा हिंड्न चाहन्छन । जुम्लेली हरु उन नुन र बाटो को आशा गरेका छन , कर्णाली मा अझै यातायात ब्याबस्थापना नभएको अवस्था छ( सायद् उदघाटन् पस्चात कुनै नेताहरु को आँखा पुगेको छैन ), सारा देश लोडसेडिङ बाट मुक्त हुन खोजिरहेको छ , काठमान्डौ अझै मेलाम्चिको पानी खान ब्यग्र प्रतिक्षामा छ ,तराइ सबै खाले हिंशा बाट टाढा हुन चाहन्छ भने हामी बिदेसिने नेपाली युबा हरु देश भित्रै रोजगारी चाहन्छौ यदी बिदेस आएपनी श्रममन्त्रालय र म्यानपावर कम्पनिले दिने दुई वटा स्विकृति पत्र बोकेर होइन कि काम र दाम को ग्यारेन्टी का साथ, यस्तो बिसम परिस्थिती बोकेको नेपालको बर्तमान अवस्थामा हामी तपाईंबाट टुडिखेल बाट (नजिकै वीर हस्पिटल बिरामी हरु भएको ठाउँ ) एक नेताले अर्का नेता लाई गाली गरेजस्तो गरेर नेपाली जनतालाई झुक्काउने खाल को नाटक बिल्कुलै फेरि मन्चन नहोस् भन्न चाहन्छौ ।
प्रधान मन्त्री महोदय
हामी नेपाली हौ बिसुद्द नेपाली भएर बाँच्न चाहन्छौ । नेपाली ले धेरै बोके बन्दुक र अझै बोकिरह्का छन पनि ।हिजो दसौ बर्षा जङल र ब्यरेक मा बोके बन्दुक, पुर्खौ देखी भारत र बेलायत मा बन्दुक बोकेका नेपालीहरु अहिले इराक र यू ए इ मा पनि बन्दुक बोकिरहेका छन के हजुरको ध्यान यता जान सक्ला ? अर्काको देशमा बन्दुक बोक्ने नेपाली नेपालकै सुस्तामा बोक्न चाहन्छन के सक्नु हुन्छ ? टुडिखेल मा भाषाण मार्फत सक्ती देखाउने प्रचन्ड किन फेरि गाडी चढेर गिरिजा लाई भेट्न गएको आखिर तपाईं पनि तिनै नेताहरुमा पर्नु भयो होइन! जसले नेपाल लाई चुसेका थिय र चुसिरहेका छन ।

अन्तमा प्रधान मन्त्री ज्यु लाई यो ब्लग मार्फत सम्पूर्ण प्रबासी नेपाली हरु को प्रतीनिधित्व गर्दै अनुरोध गर्दछु तपाईंका आँखामा सम्पूर्ण नेपाली एउटै देखिउन ।
जदौ !

Wednesday, April 8, 2009

गजल


तिम्रो यादमा नरोएको कुनै एउटा रात छैन
नशा माथि नशा चढ्यो अझै पनि मात छैन

सर्माएरै झुके नजर एक अर्काको सामिप्यमा
ओठहरु सल्बलाएपनी बोल्ने कुनै बात छैन

कुन तुलो ले जोख्यौ माया भयो ठुलो सानो
निष्ठुरी लाई सुहाइदिने मेरो कुनै जात छैन

धागो छिनेको चंगा जस्तो भयो दुखी मन
छामी हेर्छु आफ्नै मुटु परान पनि साथ छैन

तिम्रो यादमा नरोएको कुनै एउटा रात छैन
नशा माथि नशा चढ्यो अझै पनि मात छैन

Tuesday, April 7, 2009

हामी कतारमा

बिदेस भन्ने बित्तिकै अनेकौ एउटा स्वर्गको प्रान्त नै हो जस्तो ठान्छन् नेपाली गाउँघर मा तर बिडम्बना बिदेस के हो त्यो त भोग्ने लाई मात्रै थाहा हुन्छ । नेपाल मा रोजगारिको अवस्था छैन वा सम्भाना निकै कम् मात्रमा छ भन्ने कुरा त सबैलाई थाहा छ अनी यही सम्भावना को कमिले युबा बर्ग हरु खाडी लगाएत बिभिन्न युरोपेली मुलुकमा बिदेसिने बाध्त्यता त छैदैछ भने अब त परम्परा पनि होला जस्तो भैसकेको छ आजभोलि । बिशेष गरी नेपालका ग्रामीण भेगमा १८ बर्षा नाघेपछी पास्पोर्ट बनाउने लहर नै चल्छ । यसमा अलिकती समाज पनि दोशी छ । ५ कक्षा पढ्दा पढ्दै फेल भएर खाडी मुलुकमा पसेर १ दुई लाख कमाएको लाई बढी महतव दिन्छ नेपाली समाजले भने B.A. पास गरेर नोकोरी नपाएकोलाई यो त गरेर खाना नसक्ने भनी समाज त के परिवार का सदस्य पनि पछी पर्दैनन अबहेलना गर्न । समाजमा पनि उनिहरुका बिचरालाई खासै चासो देखिदैन भने उता मुग्लान पस्ने जतिलाई लाहुरे को दर्जा दीइन्छ । मैले यहाँ पढेर बिदेसिनुभएका र नपढेर बिदेसिनुभएका हरु बिचको तुलना गरेको होइन मात्र नेपाली समाजमा परेको एउटा छाप को चित्रण गर्न खोजेको हुँ (माफ गर्नु होला अन्य अर्थ लागेको खण्डमा ) यसरी नै कोही के कारणले कोही बाध्यताले कतार लाई रोजगारिको गन्तब्य स्थल बनाएका हामी नेपाली युबा हरु करिब् ३,४ लाखको हारहारिमा छौ बिभिन्न काम हरुमा ।














आ -आफ्नो भाग्यले कसैलाई राम्रो काम छ कसैको नराम्रो,कसैको कम्पनी राम्रा छन कसैका नराम्रा जे भए पनि मुलुक बाट बोकेर आएका सपना हरु धेरै थोरै पुरा गर्ने कोशीस मा छौ । हप्ता भरी त सबै काम मै ब्यस्त हुन्छौ तर सुक्र बार भने हामी यसरी जम्मा हुन्छौ साथीभाइ भेट्न (यो फोटो कतार स्थित अलतिया शहरको हो जहाँ हरेक सुक्रबार यसरी भेला हुने गर्छौ हामी नेपाली हरु )














साथी भाई भेट्ने अनी हप्ता भरिका थकान हरु मेट्ने गर्छौ हामी यहाँ यसै शहरमा भेट भएर । दु:ख सुख त आफ्नै ठाउँमा छ तर पनि बिदेसमा बस्दा गाउघरको भने निकै याद आउदो रहेछ । "के गर्ने आफ्नो देश भित्र बसेर काम गर्न पाए त कती रमाइलो हुदो हो " तर बिडम्बना आन्दोलनै आन्दोलन भित्र हराइरहेको हाम्रो नेपाल कहिले बिकासको गतिमा जाला खै !!

जे होस् अर्काको देसमा भएपनी या त दु:खमा रोइरहेपनी या त सुखमा हाँसेपनी अनेकौ सपनाहरु बोकेर तातो बालुवा मा जल्न वाध्य छौ किनकी परिवार पाल्न छ बाल बच्चा हरु हुर्काउनु छ त्यही सम्झेर बिबस छौ रात दिन पसिना बगाउन । मनमा त लाग्छ यतिको मेहनत नेपालमा गर्ने हो भने सुन फल्थ्यो तर के सुन फलाउने बातावरण को श्रीजना होला त नेपालमा कुनै दिन ? के राजनीतिक दलका गन्य मान्य भनिने हरुका दिमागमा यि बिदेसियका नेपालीका लाखौं छोराहरुका पिडाहरु घुसिदेलान ? यि प्रश्न हरेक नेपाली हरुको मनमा उब्जिरहेका छन ।

आफ्नै कुरा



















लेख्न न त अनेकौ लेख्न मन लाग्छ तर पनि लेख्ने के भन्ने कुरामै अड्किन्छु म । देसबाहिर बसेर देसभित्र का कुरा लेखौ भने त्यो आँफैमा लाज लाग्ने फेरी नलेखौ पनि मनभित्र उकुस मुकुस हुने आखिर देसको माया लाग्दो रहेछ जहाँ भएपनी नेपाली मनलाई । खासै यस्ता कुरा लेखेर पनि पढ्नेलाई त रोचक हुँदैन फेरी पढ्न योग्य सामाग्री पनि कहाँ बाट ल्याउनु । नेपाल भित्र का खबर उही बन्द हड्ताल आन्दोलन यो पार्टिका ले यो भन्यो उ पार्टिकाले त्यो भन्यो तर भने जती न कसैले गरेका छन न कसैले गर्ने आँट गर्छन् । मात्रा नेपालीका छोरा छोरी हरु बटुल्यो झन्डा बोकायो अनी हामी यो गर्थ्यौ तर फालानो पार्टिका ले दिएनान बस नेता हरु को भत्त्ता पाक्यो । आँ यि नेताहरुको बकम्फुसे कुरा पनि के लेख्ने । दिनै दिन अनकौ समस्याले ग्रसित नेपाली मनहरु हसाउने के लेख्ने होला त निकै सोच्यो आखिर एकमा एक जोड्यो हाता लाग्यो दुई भने जस्तै केही छैन ।
त्यसैले अहिले यिनै शब्दहरुमा मन थन्काएको छु । कसैले यि शब्दहरुलाई उठाउने प्रयास गर्नु भयो भने धन्यवाद सिवाय मेरो साथमा केही छैन है त भन्दै अहिले रोकिन्छु ......

Thursday, April 2, 2009

नयाँ नेपाल "जादुको झप्पी ".......



















अहिले सबै को मुखमा झुण्डिरहेको छ नयाँ नेपाल । साँच्चिकै कस्तो होला त नयाँ नेपाल मेरो मन मस्तिस्कमा पनि हरेक पल यिनै सबाल हरु उथुल पुथुल् गर्ने गर्दछन । हरेक दिन हरेक मिडियाका मुख पृष्‍ठ मै बन्द हड्ताल अनी जुलुस का खबर बाहेक केही देखिदैन । कहिले फलानो पार्टिको कोण सभा कहिले फलानो को आमसभा अनी मसाल जुलुस एउटाले अर्कालाई दोशारोपण अर्काले अर्कालाई अनी मार काट् के यही हो त नयाँ नेपाल । मैले जहिले पनि र जुन जुलुसमा पनि अगाडि युबा हरु अनी बाल बच्चा हरु मात्रै देख्छु हुन त यिनिहरुमा नयाँ जोस होला नयाँ नेपाल बनाउने तर पनि यस्तो लाग्छ कि ति अनुहार हरु साच्चै आन्दोलन को अर्थ बुझेर नै लागेका होलान त ? यदी केही भयो मानु कि गोली लाग्यो रे पछी त्यही घाउको उपचार गर्न चन्दा उठाउनु पर्ने आबस्यक्ता देखिन्छ जसका उदाहरण जन आन्दोलनका घाइते हरु नै हाम्रा अगाडि छन भने अब हामीले झन्डा बोकेर गोली के का लागि खाइरहेका छौ त ? के हामीले टायर् बालेर , चोक र गल्लिहरुमा पुलिसलाई ढुङ्गा हानेर नयाँ नेपाल आउछ त ।
हो देशलाई आमुल परिवर्तनको खाचो छ, बिकासका लक्ष्यहरु पुरा गर्नु छ तर परिवर्तन भन्ने कुरा जादु देखाएर ल्याउने वा आउने होइना नि त ! न कि टायर् बालेर एकले अर्कालाई मुर्दाबाद भनेर । हिजो पनि तिनै मुर्दाबाद र जिन्दाबाद का नारा लगाउने हरु थिय आज पनि तिनै जुर्मुराएका छन भने के यो मुर्दाबाद र जिन्दबाद बाट नयाँ नेपाल को सम्भव छ त ? हरेक नेपाली जनता का आँखाहरुमा खुशी का अक्षर हरु तेसै लेखिदैनन कमरेडहरु ! न त चिल्ला भाषाण हरु बाट नै सम्भब छ । बस्तिमा आगो सल्काएपछी सारा गाउँ डढेर धवस्त हुन्छ भन्ने कुरा थाहा हुँदा हुँदै फेरी गरीब जनाता हरु माथि किन आगो झोस्दै छौ ? हिजो सत्ता मा जानु भन्दा अगाडि हाम्रा घर दैला मा आएर तिम्री हराएकी छोरी खोजिदिन्छौ , तिम्रो छोरो को हत्यारा लाई कार्बाइ गर्छौ भन्थ्यौ तर आज झन हाम्रा छोरा छोरी हरु असुरक्षित हुँदै छन । अझै कयौ बुहारी हरु यौबन अवस्थामै आफ्ना सिउदो पखाल्न वाध्य छन के नयाँ नेपाल मा यहो हो त ? देश जती चोटि बन्द हुन्छ त्यती पटक तिम्रो कुर्ची बलियो होला, जनताका छोरा छोरी हरुले जती गोली खान्छन त्यती तिम्रो सिट सुरक्षित होला नेता ज्यु तर केही पुरा हुन लाई सुरु पनि त हुन पर्‍यो नि ? खोई त नयाँ नेपाल बनाउने तिम्रो नयाँ चिज सुरु भएको नेता जि हौ ?

अन्त्यमा म मेरो ब्लग मार्फत आन्दोलनमा सहभागि सबै युबा युबती हरु लाई के भन्न चाहन्छु भने तपाईंहरुले झन्डा बोकेर गल्लिमा टायर् बालेर एक दुई जना पुलिसको टाउको फुटाएर नयाँ नेपाल बन्दैन न त नेताहरु को पछी लागेर । नयाँ भनिरहने साँच्चिकै नयाँ बनाउन पनि धेरै थोरै पुरानो को नक्कल गर्नै पर्छ । तपाईंहरुले टाउको फुटाउने पुलिस हरु पनि हामी जस्तै नेपाली हुन र नयाँ नेपाल बनाउना हामी सबैको मेलमिलाप को खाचो छ । त यो जाती म यो जाती मलाई यो प्रदेश तलाई त्यो भनेर नयाँ नेपाल को सम्भव होला जस्तो लाग्दैन मलाई त । यदी साँच्चिकै नयाँ नेपाल बनाउने अभियान मै हुनुहुन्छ भने म हार्दिक अनुरोध गर्दछु नेताहरु को ईशारामा लागेर आफ्नो अंमुल्य समय खेर नफालौ । हामी देसलाई माया गर्छौ भने वा आफ्नो ठाउलाई केही सुधार गरेर नयाँ बनाउन चाहन्छौ भने हामी बाटै बाटो घाटो , पुल कुलेसा बनाउन सुरु गारौ नत्र प्ले कार्ड बोकेर र टायर् बालेर नयाँ नेपाल को सम्भव मैले त देख्दिन यदी तपाईंहरुले देख्नु हुन्छ भने कृपया मलाई भनिदिनुहोला है त मलाई पनि नयाँ नेपाल देख्न मन लागेको छ "जादुको झप्पी ".......

Wednesday, April 1, 2009

अझै तिम्रो यादले कोपिरहेछ मलाई




















कुन शब्दले सम्बोधन गरु खै ! सारा शब्दकोस भित्र पनि तिम्रो मेरो सम्बन्ध को अर्थ पाउन असमर्थ भए । आखिर अर्थबिहिन शब्दहरु बोकेर तिम्रो सामु कत्ती पनि लाज नमानेर आएको मा आँफै लाई सर्मिन्दा लागिरहेको छ शायद तिमीलाई पनि लाज लाग्ला त्यसैले एक पटक माफि चाहन्छु फेरी यिनै अर्थहिन शब्दहरु बाटै .....
थाहै नपाई आज छैठौ बर्षा हरु ले पनि क्यालेन्डरका पन्ना फेरिसकेछन तिमी र म दोबाटोमा छुट्टीएपछी पनि तर आजपनि उसै गरी एउटै प्रश्न मेरो मनभित्र उथुल् पुथुल् गर्छ "आखिर किन म तिमी लाई बिर्सन सक्दिन " ? कसैले भन्छन तेरो जिबनको कुनै अर्थ छैन शायद होला पनि किनकी न त मैले कसैलाई केही दिन सकेको छु न त म आफुलाई नै केही बनाएको को छु मात्र तिम्रो यादमा हराउनु बाहेक । आँखाँका डिलबाट सधैं उनै अनुभुती हरु चिप्लिरहन्छन जहाँ तिमी थियौ म थिय अनी सारा खुशी थियो । त्यती बेलाका पलहरु सम्झिदा आज आफ्नो जिबन एकदम मरुभुमी जस्तो लाग्छ जस्तो म यथार्थमा यो मरुभुमिमा बाँचिरहेको छु पुराना खुशीहरु सम्झिएर .......

यो माया भन्ने चिजै यस्तो रहेछ यता तान्यो उता खुम्चिने फेरी उता उकास्यो यता भत्किने, यस्तै भत्किने र खुम्चिने हुँदा हुँदै तिम्रो माया पनि एक दिन चिप्लियो जसको प्रतिफल तिमी रमाइरहेकी छयौ खुशी हरु सँगालेर र म छट्पटिरहेको छु तिनै कथाहरु कनी कुथी गरेर । मलाई अहिले पनि ताजै लाग्छ त्यो दिन जून दिन तिमीले मलाई भनेकी थियौ प्रदिप ! आखिर धनी मानिसले पनि भातै खाने हो र गरीबले पनि भातै खाने हो भने तिमी बेकार मा किन अर्काको देशमा जान्छौ ? फेरी आफ्नै देशमा केही गरे त भावी पूस्तालाइ पनि केही होला तिमी यही पनि त केही गर्न सक्छौ ! तर म मा त्यती बेला बिदेशिनी भुत चढिसकेको थियो भने साथी भाई ले बिदेशबाट फोन गर्दा मनमा रहर बाहेक अरु बिकल्प हरु सोच्ने ध्यान पनि भएन अनी तिमीलाई रुवाएर हिंडेको थिए । अजा औंला भाँच्दा थाहा भयो यसरी तिमीलाई छोडेर बिदेसिएको पनि १२औ बर्षा भैसकेछ ।देस छोड्दाको पिडा त भोग्ने लाई मात्रै थाहा हुन्छ यो अबधिमा के भयो भनेर लेख्न पनि मन लाग्दैन । जे होस् आज मलाई तिमीले भनेको साह्रै गढेको छ मेरो मन मुटुमा । हुन त यि बिगत तिम्रो सामु पल्टाएर कुनै अर्थ नै छैन जिन्दगीको अर्थ नभएको म यसमा अर्थ खोज्नु आँफैमा मुर्खता हुनसक्छ शायद यदी मिल्छ भने माफ गर मलाई मेरो भुल्न नसक्ने यो असमार्थ्यलाई ।


आज अप्रिल फर्स्ट अर्थात अप्रिल फुल जुन दिन मानिसहरु एकले अर्कालाई बेकुफ बनाउछन वा ढाट्छन् त्यसै दिन तिमीले पनि मेरो जिन्दगीलाई अप्रिल फुल मनाएर गएकी थियौ । अन्तत आज हाम्रो बिछोड भएको पनि सातौ बर्षा मा प्रबेश हुँदैछ । हरेक बर्षा जस्तै यो बर्षा मा पनि तिमीलाई पत्र मार्फत आगामी खुशीहरुको शुभकामना दिन चाहन्छु अन्यथा नलिनु , मलाई थाहा पनि छैन बिगतमा मेरा पत्र हरु तिम्रा सामु पुगे वा पुगेनन । यदी मेरा यि शब्दहरुले तिमीलाई अघात बनाएको भए म फेरी माफि चाहन्छु ।

अन्त्य मा तिम्रो जिबनको प्रगती को कामना गर्दै बिदा हुन्छु ।

उही तिम्रो एउटा अतित
प्रदिप
कतार बाट

आखिर !!!



आँखामा आँखा जुधाउनेले
रुपलाई चन्चलतामा लुटाउनेले
मनमा मन मिलाएपछी
बुझ्नु त पर्थ्यो नि आखिर ....
बुझेर फेरी एक अर्कालाई
आँफैलाई सहनु पर्थ्यो नि आखिर .....!
यही नभएरै
मनले मनलाई नबुझेरै
आफुले आँफैलाई ढाट्ने रैछ आखिर ....!
माया त फाट्ने रैछ आखिर ।

चाल् जतिसुकै चालेपनी
चालमा त आँफै फस्ने हो आखिर
अर्काको टाउकोमा जतिसुकै
दोसहरू थुपारेपनी
आफुले आफ्नो मन डस्ने हो आखिर ....!
त्यसैले -
अझै बाँकी छ समय
हामी दुइको माझमा
अफु - आफुहरुलाई परिधिमा बाँध्ने
किनकी -
अँध्यारो मा हिड्दा
समाउनु पर्ने हातै चिप्लिएपछी
लड्ने गोरेटोहरुमा
जिबनहरु पछारिने त भए नै आखिर .....!!!